• १८ भदौ २०८३, बिहीबार
  • १२ः४६ दिउँसो

गर्मीमा मुटुका बिरामीले के गर्ने, के नगर्ने ?

प्रकाशित मिति

२०७६ असार १६ गते, सोमबार १२:००

गर्मीको समय मुटुका बिरामीका लागि अलि खतरनाक मानिन्छ। वातावरणीय तापमान वृद्धिको असर मुटुमा पर्छ। शरीर चिसो बनाउन पसीना आवश्यक हुन्छ। पसीनाले नै शरीरको तापक्रम सन्तुलनमा राखिरहन्छ।

यदि शरीर केही कारणवश चिसो हुन सकेन भने मुटुलाई पम्प गर्न बढी मिहिनेत गर्नुपर्छ। मुटुरोग विशेषज्ञका अनुसार तापमान वृद्धिका कारण कही वर्षयता मुटुसँग सम्बन्धित समस्या (विशेषगरी हृदयघात) बढिरहेको छ। यसैले गर्मी मौसममा मुटुका बिरामीले विशेष ध्यान दिनुपर्छ। बढी समय चर्को घाममा रहनाले रक्तचाप घट्छ र मुटुमा समस्या आउँछ।

Kamana Sewa

गर्मी मौसममा स्वस्थ रहन उच्च रक्तचाप भएका मानिसले निम्न कुरामा ध्यान दिनुपर्छ :
–    अत्यधिक गर्मीका कारण यदि बेचैनी या असहज महसुस हुन्छ भने तत्काल ब्लड प्रेसर चेक गराउनुपर्छ। यदि रक्तचाप उच्च छ भने तत्काल डाक्टरको परामर्श लिनुपर्छ।
–    घाम चर्केको बेला बाहिर निस्कनुहुँदैंन। सकेसम्म घरभित्रै बस्नुपर्छ। निस्कनैपर्ने अवस्थामा छाता लिएर या बिहान–बेलुकीको समयमा निस्कनुपर्छ।

Classic Tech Desktop

–    यदि मनोरन्जनका लागि घरबाहिर निस्कनु छ भने शपिङ सेन्टर, पुस्तकालय, फिल्म हलजस्ता वातानुकुलित शान्त स्थानमा जानुपर्छ।
–    यदि घर वातानुकुलित छैन भने दिउँसो घामतिर पर्ने झ्याल र ढोका बन्द गर्नुपर्छ र बाक्लो पर्दा लगाउनुपर्छ। सकेसम्म भित्र बत्ती पनि बाल्नुहुँदैंन।
–    सार्‍है गर्मी हुँदा नुहाउनुपर्छ।
–    दिनभरिमा पटक–पटक तरल पदार्थ पिउनुपर्छ। चिया, कफी, मदिरा सेवनबाट बच्नुपर्छ।

–    घरबाट निस्कँदा मोबाइल साथमै राख्नुपर्छ ताकि कुनै असहज, अप्ठेरो महसुस हुँदा परिवारका सदस्य, आफन्त तथा साथीभाइलाई फोन गर्न सकियोस्।
–    उच्च रक्तचाप, कोलेस्टेरोल, मोटोपना, मधुमेहजस्ता समस्या भएका वृद्धवृद्धाले गर्मी मौसममा ध्यान दिनुपर्छ।
–    गर्मी मौसममा हृदयघातका घटना बढ्नुको कारण डिहाइड्रेसन हो। डिहाइड्रेसनका कारण शरीरमा सोडियम र पोटासियमको मात्रामा गडबड हुन्छ। त्यसैले शरीर सुख्खा हुन नदिन सचेत रहनुपर्छ।

स्वास्थ्य खबरपत्रिका बाट साभार  !

प्रतिकृया