• ४ साउन २०८३, सोमबार
  • ३:५९ बिहान

लागुऔषध सहित तीन युवा पक्राउ

प्रकाशित मिति

२०७६ असार १ गते, आईतवार १०:५४

सिराहाको बरियारपट्टी गाउँपालिका–३ स्थित हवल्दारचोकबाट लागुऔषध नाइट्रोसन ट्याब्लेटसहित तीन युवालाई प्रहरीले शनिबार साँझ पक्राउ गरेको छ ।

भारतीय बजारतर्फबाट को ३८ प ३८९६ नं.को स्कुटीमा सवार तीनै जनामाथि शंका लागेर जाँच गर्दा स्कुटी चालक महतोको साथबाट लागुऔषध नाइट्रोसन ट्याब्लेट १० बरामद भएपछि तीनै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

Kamana Sewa

पक्राउ पर्नेमा सिराहाको लहान नगरपालिका–२ निवासी ३१ वर्षीय सञ्जयकुमार महतो, लहान नगरपालिका–८ निवासी २१ वर्षीय राजेश राय र लहान नगरपालिका– ७ निवासी ३४ वर्षीय रबि भुजेल रहेको प्रहरीले जनाएको छ ।

Classic Tech Desktop

पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया