• ४ साउन २०८३, सोमबार
  • १:१५ बिहान

प्रथम भक्तपुर जिल्लाव्यापी मैत्रीपूर्ण खुल्ला पातञ्जल दौड प्रतियोगिता सम्पन्न

प्रकाशित मिति

२०७६ जेष्ठ २७ गते, सोमबार १२:१३

भक्तपुर । पातञ्जल योग समिति नेपाल जिल्ला शाखा भक्तपुरले प्रथम भक्तपुर जिल्लाव्यापी मैत्रीपूर्ण खुल्ला पातञ्जल दौड प्रतियोगिता सम्पन्न भएको छ । भक्तपुर जिल्ला भित्रका विभिन्न संघ–संस्थाहरु सँगको सहकार्यमा उपस्थित ४४५ जना प्रतियोगीका विच सम्पन्न भएको दौड प्रतियोगितामा विभिन्न उमेर समुहका खेलाडीहरु सहभागी भएका थिए । सहभागी प्रतियोगी मध्य धेरै संख्या जिल्ला भित्रका विद्यालयबाट उपस्थिति भएको देखिन्थ्यो।

दौड प्रतियोगीताको उदघाटन गर्दै राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिमल्सिनाले दौड पनि योग भित्रको एउटा महत्वपुर्ण विधा भएको दर्शाउदै खेलकुद परिषदले योगलाई पनि जोडेर आगामी कार्ययोजना बनाउने मा जोड दिनु भयो ।

Kamana Sewa

दौड प्रतियोगिता उद्घाटन समारोहमा योग जिल्ला समन्वय समिति भक्तपुरका अध्यक्ष बालमुकुन्द सुवाल, पातञ्जल योग समिति नेपालका केन्द्रिय अध्यक्ष सुर्दशन सुवेदी,नेपाल ताईकाण्डो संघ, ३ नं प्रदेशका कोषाध्यक्ष एवं सुनपा–८ का अध्यक्ष किरण थापा,पातञ्जल योग समिति नेपाल जिल्ला शाखा भक्तपुरका अध्यक्ष योग प्रसाद आर्चाय,एथलेटिक्स,भक्तपुर जिल्ला अध्यक्ष आशाराम गोठे लगायतका वक्ताहरुले योग र खेलकुद विचको सम्वन्धको विषयमा आ–आफ्नो धारणा राख्नु भएको थियो ।

Classic Tech Desktop

दौड प्रतियोगितामा १० देखि १५ वर्ष उमेर समुहभित्र छात्र तर्फ गणेश मावि भार्भाचोका विश्वराम कुपित,बागेश्वरी माविका लाल बहादुर थापा, गणेश मावि सिपाडोलका सरोज तामाङ क्रमशः प्रथम,द्धितिय र तृतिय भएका छन् । त्यसैगरि सोहि उमेर समुहको छात्रा तर्फ जेसिस मावि बाट प्रकृति सुवाल,स्वागता खाईजु र अजां मधिकर्मी क्रमशः प्रथम,द्धितिय र तृतिय भएका छन् ।

१६ देखि ४० वर्ष उमेर समुह भित्र १ जना प्रतियोगी बाहेका सबै विद्यालयबाटनै दौड प्रतियोगीतामा उत्कृष्ट भएको देखियो । छात्र तर्फ सैनिक माविका ईश्वरचन्द्र बस्नेत,ख्वप कलेजका सागर श्रेष्ठ,जेसिस माविका रोहन सुवाल क्रमशः प्रथम,द्धितिय र तृतिय भएका छन् । त्यसैगरि छात्रा तर्फ जेशिस माविका रेल्तीना सितिखु र श्रीयसका सिल्पकार प्रथम र द्धितिय र खूल्ला तर्फबाट कमला केसी तृतिय भएकी छिन् ।

त्यसैगरि ४१ वर्ष माथिको उमेर समुहमा पुरुष तर्फ सुनिल याकामी,दावादोर्जे योञ्जन,सुर्यभक्त प्रधानाङ्ग क्रमशः प्रथम,द्धितिय र तृतिय भएका छन् भने महिला तर्फ लक्ष्मीकेशरी चिकंबन्जार, कमला निरौला र सरिता अर्याल क्रमशः प्रथम,द्धितिय र तृतिय भएका छन् ।

सम्पुर्ण पुरस्कृत प्रतियोगीहरुलाई आगामी जेष्ठ २९ गते विहान ठीक ५ बजे सुर्य्विनायक स्थित शुभकामना पार्टी प्यालेसमा विशेष कार्यक्रमको आयोजना गरि नगद राशी सहित मेडल एवं प्रमाणपत्र द्धारा सम्मानित गर्ने कार्यक्रम रहेको व्यहोरा दौड प्रतियोगीता कार्यक्रम संयोजक उमेश सैजुले अवगत गराउनुभयो ।

प्रतिकृया