• ४ साउन २०८३, सोमबार
  • १:३९ बिहान

विश्वकप क्रिकेट र फुटबलमा बाजी राखेर पैसा लुटने ३ पक्राउ

प्रकाशित मिति

२०७६ जेष्ठ २३ गते, बिहीबार ०३:१५

काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले खेलकुदमा सट्टेबाजी (हारजित) खेलाउने तीन जनालाई पक्राउ गरेको छ।
महाशाखाले काठमाडौंको बिजेश्वरी र न्यूरोडबाट उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ गोल्चेका ३६ वर्षीय बज्र लामा, सोही ठाउँका ३० वर्षीय बिद्युत प्रकाश लामा र रामेछापको लिखु गाउँपालिका-२ सैँपुका ३३ वर्षीय उमेश कार्की छन्।

Kamana Sewa

उनीहरुले आइपिएल, विश्वकप क्रिकेट, च्याम्पियन्स लिग फुटबल, अन्य फुटबलका खेलहरुमा सट्टेबाजी खेलाउने गरेको प्रहरीले जनाएको छ।

Classic Tech Desktop

प्रहरीले उनीहरुको साथबाट १ लाख रुपैयाँ नगद समेत बरामद गरेको छ। यस बिरुद्ध थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया