• ४ साउन २०८३, सोमबार
  • १:११ बिहान

रकम बढाउन दबाब नदिन प्रदेश १ का अर्थमन्त्रीको आग्रह

प्रकाशित मिति

२०७६ जेष्ठ २३ गते, बिहीबार १०:२६

एक नम्बर प्रदेशका अर्थ मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले निर्वाचन क्षेत्र विकास कार्यक्रमको पैसा बढाउन दबाब नदिन सांसदहरुलाई आग्रह गरेका छन् ।

एक नम्बर प्रदेशको संसदीय अर्थ समितिको बैठकमा उपस्थित भएका मन्त्री आङ्बोले निर्वाचन क्षेत्र र सांसद विकास कोष संविधान विपरीत र कानूनबिनाको कार्यक्रम भएकोले रकम बढाउन सरकारलाई दबाब नदिन सांसदहरुसँग आग्रह गरेका हुन् ।

Kamana Sewa

उनले समितिको बैठकमा आगामी बजेटमा सांसदहरुका लागि निर्वाचनक्षेत्र विकास कोषको रकम बढाउन सरकारले उति चासो नदिएको कुरा घुमाउरो पाराले सांसदहरुसँग भने, ‘निर्वाचन क्षेत्र र सांसद विकास कोषको रकम बढाउँदै लगेर थिती बिगार्नुभन्दा समयै सही थिती बसाउँदै जानु उचित हुन्छ । यसैले अहिलेलाई निर्वाचनक्षेत्रको कार्यक्रम बढाउनुभन्दा भएकैमा सांसदज्यूहरुले चित्त बुझाउनु राम्रो हुन्छ ।’

Classic Tech Desktop

मन्त्री आङ्बोले आगामी बजेटमा सांसदरुले निर्वाचन क्षेत्रको खर्च गर्दा स्थानीय तहले छानेकै योजनाहरुमार्फत खर्च गर्नुपर्ने व्यवस्था मिलाउन लागेको जानकारी पनि गराए ।

तर, एक नम्बर प्रदेशसभाका प्राय सांसदहरुले निर्वाचन क्षेत्र विकास कार्यक्रमको रकम दुई करोडबाट बढाएर ५ करोड पुर्याउन र सबै सांसदलाई १ करोडका दरले सांसद विकास कोषको रकम छुटाउन सरकारसँग माग गर्दै आएका छन् ।

प्रतिकृया