विश्व वातावरण दिवस : विश्वभर वृक्षारोपण कार्यक्रम गरि मनाईदै
प्रकाशित मिति
२०७६ जेष्ठ २२ गते, बुधबार ०४:०४
काठमाडौं । आज विश्व वातावरण दिवस , विश्वभर विभिन्न कार्यक्रम गरि मनाईदै छ । नेपालमा पनि विभिन्न सरकारी निकाय तथा विभिन्न संस्थाहरुले आ–आफ्नै ढंगले कार्यक्रम आयोजना गरि विश्व वातावरण दिवस मनाई रहेका छन् ।
यस सन्दर्भमा नेपाल मानव धर्म सेवा समितिले पनि गौशाला पशुपति क्षेत्र र संस्थाको केन्द्रीय आश्रम परिसरमा सरसपाई तथा वृक्षारोपण कार्यक्रम गरेको छ ।


वृक्षारोपण कार्यक्रम काठमाडौं महानगरपालिका वडा न. ९ का जनप्रतिनिधि श्रीराम राई र संस्थाका वरिष्ठ महात्मा लता बाइजीले संयुक्त रुपमा बिरुवा रोपेर कार्यक्रमको समुद्घाटन गर्नु भएको हो ।


संस्थाका पदाधिकारी तथा स्वयंमसेवकको सकृयतामा भएको उक्त कार्यक्रमले स्थानियलाई सरसफाई तथा वातावरण सम्बन्धि जागरण गराएको र नगरलाई सुन्दर बनाउन सम्पुर्ण टोल सुधार संघसंस्थाको सहयोग र स्थानिय आफै जागरुप हनुपर्ने राईले बताउनु भयो ।राइले नेपाल मानव धर्म सेवा समितिको विगत देखि नै यस क्षेत्रको सरसफाई, बाटोघाटो मर्मत सम्भार र सुधारको लागि अग्रणि भुमिका निर्वाह र समन्वय गर्दै आएको उदृत गदै प्रशंसा गर्नुभएको छ ।

समितिले विभिन्न अवसर पारेर रक्तदान, शैक्षिक सामग्रीको वितरण, राहत वितरण, सरसफाई तथा जनचेतनामुलक कार्यक्रम गर्दै आएको छ ।




प्रतिकृया