खैरो हिरोईन सहित १ जना प्रहरीद्धारा पक्राउ
प्रकाशित मिति
२०७६ जेष्ठ २२ गते, बुधबार ११:४९
काठमाडौं महानगरपालीका ३१ प्रयाग मार्गबाट गएराती लागु औषध खैरो हिरोईन सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानिय ३१ बर्षीय रुपेश श्रेष्ठ रहेका छन् । अन्दाजी ६ ग्राम खैरो हिरोईन सहित राती १० बजे पक्राउ परको श्रेष्ठलाई थप अनुसन्धानको लागी प्रहरी वृत्त बानेश्वरमा राखिएको छ ।
यस संगै, काठमाडांै उपत्यकाका विभिन्न स्थानबाट गएको २४ घण्टामा ९५ जना व्यक्तिहरुलाई महानगरिय प्रहरीले अनुसन्धानका लागी नियन्त्रणमा लिएको छ । काठमाडौँ जिल्लाबाट ६७ जना, ललितपुरबाट २० जना र भक्तपुरबाट ८ जनालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट प्रहरी नायव निरीक्षक नवराज थापाले जानकारी दिनु भएको छ ।

यसैगरी
काठमाडौंको कोटेश्वर सुर्दशनमार्गको एक घरको कोठाबाट हिजो बेलुकी ३ लाख ५० हजार मुल्य बराबरको धनमाल चोरी भएको छ । संजय रायमाझीको घरमा बस्ने सुर्खेतका विकास खरेलको कोठाबाट सुनका विभिन्न गरगहना र ५ हजार नगद चोरी भएको हो । हिजो बेलुकी पौने ८ बजे, चोरी गरि फरार रहेकाहरुको खोजी भैरहेको प्रहरी प्रभाग कोटेश्वरले जनाएको छ ।





प्रतिकृया