• ३ साउन २०८३, आइतबार
  • ३:३४ बेलुका

मंगल ग्रहमा ताल रहेको बैज्ञानीकहरुको भनाई

प्रकाशित मिति

२०७६ जेष्ठ १४ गते, मंगलवार ०१:५०

 

अन्तरिक्षयानबाट राडार उपकरण प्रयोग गरी तस्बिर लिँदा मंगल ग्रहमा ताल फेला परेको छ । यससँगै वैज्ञानिकहरूले त्यहाँ जीवको अस्तित्व हुन सक्ने बलियो आधार मिलेको बताएका छन् । उक्त ताल १२ माइल ९२० किलोमिटर व्यासको छ । मंगल ग्रहको दक्षिणी ध्रुवीय इलाकामा पाइएको नुनको लेदोसहितको ताललाई बरफले ढाकेको छ ।

Kamana Sewa

अनुसन्धान टोलीको नेतृत्व गरेका इटालियन नेसनल इन्स्टिच्युट फर एस्ट्रोफिजिक्सका वैज्ञानिक प्रोफेसर रोबेर्टो ओरोसेईका अनुसार तालको गहिराइ यति नै छ भन्ने यकिन हुन सकेको छैन । तैपनि अनुसन्धान टोलीले कम्तीमा एक मिटर गहिरो हुने आकलन गरेका छन् ।

Classic Tech Desktop

प्रतिकृया