• १ असोज २०८३, बिहीबार
  • ७ः४६ बेलुका

कोटेश्वरको न्यू भिजन एकेडेमी मा समुदाय-प्रहरी साझेदारी सम्पन्न

प्रकाशित मिति

२०७६ जेष्ठ १४ गते, मंगलवार ०१:५४

जेठ ,काठमाडौं ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष टिकाराम काफले , विधालय व्यवस्थापन संघका अध्यक्ष ई। राम भारतीको प्रमुख आतिथ्यमा प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत न्यू भिजन एकेडेमी कोटेश्वरमा अध्यनरत विद्यार्थीहरू तथा अभिभावकहरूसँग प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

National Life

कार्यक्रममा प्रहरी सदस्य सचिव राजेन्द्र पुजराले विद्यार्थीहरुलाई लागुऔषध, साइबर क्राइम, सामाजिक संजाल प्रयोग सम्बन्धी चेतनामूलक प्रशिक्षण दिंदै अपराधबाट बच्ने विभिन्न उपायहरुको जानकारी दिनुभयो । उहाँले सामाजिक संजालको दुरुपयोगबाट आपराधिक गतिविधिहरु बढ्दै गएको चर्चा गर्दै त्यस्ता अपराधबाट बच्न सदैब सजग हुन आग्रह गर्दै प्रहरीले गरेका धेरै कार्यहरू बाहिर नआउने तर एउटा घटना बाहिर आउँदा समग्र नेपाल प्रहरीको सुरक्षा व्यबस्थामा प्रश्न उठाउने गरिएको स्मरण गर्नुभयो ।

विद्यार्थीहरूको जिज्ञासाको जवाफ दिँदै पुजाराले प्रविधिको प्रयोग बढ्दै संसार साँघुरिएको अबस्थामा प्रविधिको गलत प्रयोगले समाजमा अपराध बढदै गएको र सामाजिक संजाल प्रयोग गर्दा आफ्ना अभिभावक र बालबालिकाबीच पासवर्ड आदान प्रदान गरी बालबालिकाले के गर्दैछन भनी निगरानी गर्ने गरिएमा ठुलो घटनाबाट बच्न र बचाउन सकिने बताउनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

यसैगरी प्रहरी प्रशिक्षक भुवन भट्टले सभ्य, शान्त र सुरक्षित समाजको निर्माण गर्न बिद्यार्थी सँगसँगै सबै नागरिकको उत्तिकै उत्तरदायित्व हुने बताउनुभयो । साथै उहाँले कार्यक्रममा उठेका सवालहरुको सम्बोधन गर्दै साझेदारी कार्यक्रमका अवधारणा कार्यान्वयन गर्न सबै सक्रिय भएर लाग्न आग्रह गर्नुभयो ।

महानगरीय प्रहरी वृत्त कोटेश्वर, न्यू भिजन एकेडेमी प्रहरी-विद्यालय समन्वय समिति० को आयोजनामा संचालित कार्यक्रममा न्यू भिजन एकेडेमीका विद्यार्थीहरूले “नेपाली जनजनको मनमनमा नेपाल प्रहरी नेपाल आमाको सच्चा पहरेदार नेपाल प्रहरी“ भन्ने गीत गुनगुनाएको न्यू भिजन एकेडेमीका निर्देशक टंक थापाले जानकारी दिनुभयो । करिब ४०० बिद्यार्थी संख्या भएको न्यू भिजन एकेडेमीका प्रार्चाय गणेश कुमार भट्टराईले यस कार्यक्रमबाट बिद्यार्थीमा सकरात्मक उर्जा मिल्ने बताउनुभयो । कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक ,प्रहरी ,कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

प्रतिकृया