• १२ असोज २०८३, सोमबार
  • ३ः३५ दिउँसो

भक्तपुरमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

प्रकाशित मिति

२०७८ बैशाख ५ गते, आईतवार ०२:३६

भक्तपुर: मोटरसाइकल दुर्घटना हुँदा यहाँ एक जनाको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका–७ बागेश्वरी फुलिगाउँमा बा ९० प १२७५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा स्थानीयवासी ४६ वर्षीय दामोदर लामिछानेको मृत्यु भएको हो ।

National Life

आफ्नो घर नजीक दुर्घटना भएर सोही मोटरसाइकलले थिचिएको अवस्थामा स्थानीयवासीले उद्धार गरी उपचारका लागि भक्तपुर अस्पताल लगेकामा उपचारकै क्रममा आज उनको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

प्रतिकृया