• ११ असोज २०८३, आइतबार
  • २ः१० दिउँसो

मलेसियाको कमजोर सुरुवात: नेदरल्याण्ड्सको एक सय ९२ रनको लक्ष्य

प्रकाशित मिति

२०७८ बैशाख ५ गते, आईतवार ०२:३०

काठमाडौ:  नेपालमा जारी त्रिकोणात्मक टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत आइतबार भइरहेको खेलमा नेदरल्याण्ड्सले मलेसियालाई एक सय ९२ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा पहिला ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा २ विकेट गुमाएर एक सय ९१ रन बनाएको थियो।

National Life

 

नेदरल्याण्ड्सको पालीमा प्रारम्भिक ब्याट्सम्यान म्याक्स ओदाउदले शानदार ब्याटिङ गर्दै अविजित एक सय ३३ रन बनाए। उनले ७३ बलमा ६ छक्का र १५ चौका प्रहार गरेका थिए।विशाल लक्ष्य पछ्याएको मलेसियाले कमजोर सुरुवात गरेको छ। मलेसियाले चार ओभरमा ३ विकेट गुमाएर २२ रन जोडेको छ।]

Classic Tech Mobile
Classic Tech Desktop

 

यसअघि शनिबार भएको खेलमा नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले हराएको थियो। त्यस खेलमा पहिला ब्याटिङ गरेको नेदरल्याण्ड्स एक सय ३६ रनमा सिमित भएको थियो।

 

प्रतिकृया