• १२ असोज २०८३, सोमबार
  • ५ः४१ बेलुका

प्रदेश १ को सातौँ अधिवेशन अन्त्यको घोषणा

प्रकाशित मिति

२०७८ बैशाख ५ गते, आईतवार ०२:१२

विराटनगर : प्रदेश १ को सातौँ हिउँदे अधिवेशन आइतबार राति १२ बजेदेखि सकिने भएको छ।विराटनगरस्थित प्रदेशसभा भवनमा दिउँसो साढे १ बजे बसेको संक्षिप्त ९५ मिनेटको बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले हिउँदे अधिवेशन सम्पन्न हुने घोषणा गरे।

National Life

 

 

Classic Tech Mobile
Classic Tech Desktop

सदनमा सभामुख भण्डारीले प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी प्यासीद्वारा पठाइएको पत्र वाचन गर्दै गर्दा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरुले उठेर आपत्ति जनाएका थिए। कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले सभामुख भण्डारी समक्ष प्रतिपक्षीद्वारा उठान गरिएका मुद्दााहरु सुनिश्चित नगरुञ्जेल सदनको कार्वाही अघि नबढाउन आग्रह गरेका थिए।सो क्रममा प्रमुख सचेतक कार्कीले बजेटको सुनिश्चिता, निर्वाचन क्षेत्र विषेश पूर्वाधार कार्यक्रम लगायतका विषयमा सुनिश्चितताको माग गरेका थिए।

 

 

सभामुख भण्डारीले प्रदेशका मुख्यमन्त्री शेरधन राईले त्यसबारे सम्बोधन गर्ने बताउँदै गर्दा कार्कीले मुख्यमन्त्री राईको सम्बोधन भन्दा पनि बजेटको सुनिश्चितता खोजेको जवाफ फर्काएका थिए।

 

 

उनले भने, ‘प्रदेश सरकारले बजेटको सुनिश्चितता नगरुञ्जेल सदनको कार्वाही अघि नबढाइयोस् भनि अनुरोध गर्न चाहान्छौँ।’त्यसपछि पनि प्रतिपक्षी दलले विरोध जनाएपछि सभामुख भण्डारीले प्रदेश प्रमुख कार्यालयबाट प्रेषित पत्र अनुसार सातौँ तथा चालु हिउँदे अधिवेशन वैशाख ५ गते आइतबार राती १२ बजेदेखि अन्त्य भएको घोषणा गरे।

प्रतिकृया