• ४ साउन २०८३, सोमबार
  • १:१२ बिहान

कैलालीमा हावाहुरीका कारण क्षती, ७ घाईते

प्रकाशित मिति

२०७६ जेष्ठ २० गते, सोमबार ०९:४५

 

कैलालीमा हावाहुरीका कारण विभिन्न ठाउँमा क्षती भएको छ। हावाहुरी र संगै परेको चट्याङका कारण ७ जना घाईते भएका छन्। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्वर ११ का धनीराम चौधरीको घर नजिकै सिमलको रुखमा चट्याङ पर्दा ४ जना घाईते भएका छन्। धनीरामका छोरा नरी चौधरी, छोरी अस्मिता, श्रीमती धनीयादेवी र आमा लक्ष्मी चौधरी घाईते भएका हुन्। उनीहरु सबैको घोडाघोडी अस्पतालमा उपचार भईरहेको छ।

Kamana Sewa

यस्तै कैलारी गाउँपालिका ६ बहुलीयाका विरवहादुर चन्दको २ तल्ले टिनले छाएको कच्चि घर हावाले उडाउँदा उनीकी श्रीमती देवी चन्द घाईते भएकी छिन्। चन्दको सेती अञ्चल अस्पतालमा उपचार भईरहेको छ।

Classic Tech Desktop

कैलारी गाउँपालिका वडा नम्वर ४ के गाउँकी उखाली चौधरीको चार काठे एक तले घरको छाना उडाउँदा चौधरी आँफै घाईते भएकी छिन्। उनको सेती अस्पतालमा उपचार भईरहेको छ। यस्तै वडा नम्वर ४ कै खल्लाचोककी मञ्जु चौधरीको घर नजिकै रहेको विजुलीको पोल ढल्दा उनी आँफै घाईते भएकी छिन भने उपचार आखा अस्पताल गेटामा भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक प्रकाश डाँगीले बताए।

प्रतिकृया