• ५ साउन २०८३, मंगलबार
  • ४:१९ बेलुका

भक्तपुर इन्टरनेशनल अस्पताल आजदेखी सञ्चालनमा

प्रकाशित मिति

२०७७ फाल्गुन २३ गते, आईतवार ०४:४८

 भक्तपुर: भक्तपुरमा भक्तपुर इन्टरनेस्नल अस्पताल आजदेखी सञ्चालनमा आएको छ। मध्यपुर ठिमीनगरपालिका बडा नं ३ कौशलटारमा अवस्थित भक्तपुर इन्टरनेशनल अस्पताल करिब ६ करोडको लागतमा सञ्चालनमा आएकाे हो । यो अस्पताल  जिल्लामै सुविधा सम्पन्न हुने अस्पताल सञ्चालककाे दाबी छ ।

अस्पतालले यहाँका स्थानिय बासी तथा भक्तपुर जिल्ला लगायत यस वरपरका जिल्ला  बाट आउने सेवाग्राहिका लागि बिशेष सहुलियतमा उपचार सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको अस्पतालका अध्यक्ष ज्ञान कृष्ण श्रेष्ठले बताए। मध्यपुर ठीमी नगरपालिकाबाट सञ्चालन अनुमती पाएको यो अस्पताल आजबाट सञ्चालन आएकाे  छ ।

Kamana Sewa

अस्पतालको भौतिक निर्माण्को काम सकिएको छ भने अन्य व्यवस्थापनको काम पनि अन्तिम चरणमा रहेको छ । अस्पतालले २४ सै घण्टा अकस्मिक सेवा, ल्याव, आइसियु, युरोलोजी, सर्जरी, मेडिसिन, गाइनोलोजी, फिजियो थेरापी, डेण्टल सेवा, एक्स- रे, ओपिडी,  इण्डस्कोपी इको काेलोनोस्कपी न्यूरोलोजी न्युराे सर्जरी प्लाष्टिक सर्जरी  लगायतका सेवा दिने भएको छ।

Classic Tech Desktop

प्रतिकृया