• ४ साउन २०८३, सोमबार
  • ८:०७ बेलुका

फैसलापछि उत्साहित हुँदै सूर्य थापाकाे प्रतिकृया: “सबै खुशी देखिन्छन् त “

प्रकाशित मिति

२०७७ फाल्गुन २३ गते, आईतवार ०४:५६

काठमाण्डाै: प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सर्वोच्चको फैसलाले खुसी दिएको बताएका छन् । सर्वोच्चले एकीकरण भइ बनेको नेपाल कम्युनिस्ट पार्टी नेकपा पूर्ववत् एमाले र माओवादी केन्द्र कायम रहने फैसला गरेपछि थापाले सामाजिक सञ्जालमार्फत खुशी व्यक्त गरेका हुन् ।उनले फैसलाको एक अंश राख्दै भनेका छन्, ‘सर्वोच्चको फैसला–सबै खुशी देखिन्छन् त’

यस्तै सांसद महेश बस्नेतले आफूहरु आजको संसद बैठकमा नेकपा एमाले कै हैसियतमा उपस्थित भइएको प्रतिक्रिया दिएका छन् । सदन बैठकमा सहभागी जानकारी दिँदै फोटोसहित उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेकपा एमाले को सांसदको हैसियतले सदनमा उपस्थित भइएको छ।’

Kamana Sewa

सर्वोच्च अदालतले आइतबार नेकपा नामबारेको विवादमा ऋषि कट्टेल नेतृत्वको पार्टी लाई आधिकारिकता दिएको हो । निर्वाचन आयोगले तत्कालीन एमाले र माओवादी एकतापछि ‘नेपाल कम्युनिस्ट पार्टी नेकपा लाई मान्यता दिएपछि आफ्नो पार्टी ‘नेपाल कम्युनिस्ट पार्टी नेकपासँग मिल्ने नाम राखिएको भन्दै कट्टेल सर्वोच्च पुगेका थिए ।

Classic Tech Desktop

प्रतिकृया