• ५ साउन २०८३, मंगलबार
  • ४:५३ बेलुका

खुल्ला आकाश मुनि पढाइ, विद्यालयको भवन छ, छाना छैन

प्रकाशित मिति

२०७७ फाल्गुन २३ गते, आईतवार ११:५७

सल्यान: एघार महिनाअघि हावाले उडाएको सल्यानको एक निम्न माध्यमिक विद्यालयको छानो अझैसम्म नबन्दा बालबालिका खुला आकाशमुनि पढ्न बाध्य छन् । गएको वैशाखमा हावाहुरीले छाना उडाएपछि बनगाड कुपिण्डे नगरपालिका–११ मा रहेको भेरी निम्न माध्यमिक विद्यालयका विद्यार्थी खुला आकाशमुनि पढ्न बाध्य भएका हुन् ।

चर्किंदै गएको गर्मी र फागुन महिनाको हावाहुरीले बाहिरको सबै धूलो उडाएर भत्किएको भवनभित्र ल्याउने गर्छ । ‘छानो नहुँदा खुला आकाशमा बसेर पढ्दा छारोधूलोले गर्दा टाउको दुख्ने समस्याले हैरान पारेको छ’, विद्यार्थी तिलक बुढामगरले भने– ‘छाना उडाएको भवनमा बसेर पढ्दा भित्ता र काठ भत्किएर मरिने हो कि भन्ने त्रास पनि उत्तिकै छ ।

Kamana Sewa

’गत वैशाख २८ गते आएको हावाहुरीले विद्यालयको छाना उढाएको थियो । विद्यालय मर्मत गरिदिन नगरपालिकालाई बारम्बार आग्रह गरे पनि नगरपालिकाले वास्तै नगरेको विद्यालयका प्रधानाध्यापक हेमराज ओलीको भनाई रहेको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।

Classic Tech Desktop

प्रतिकृया