• ४ साउन २०८३, सोमबार
  • १०:२७ बेलुका

सुनको मुल्य उकालो लाग्यो, शुक्रबारको तुलनामा तोलामा ५ सयले बढ्यो चाँदिको मुल्य भने स्थिर

प्रकाशित मिति

२०७७ फाल्गुन २३ गते, आईतवार ११:३४

काठमाण्डाै: स्थानीय बजारमा आज सुनको मूल्य पुनः उकालो लागेको छ । अघिल्लो साता लगातार ओरालो लागेको सुनको मूल्य आज साताको पहिलो दिन नै तोलमा रु ५०० ले वृद्धि भएको छ ।

मूल्य उकालो लाग्ने क्रममा आज छापावाला सुन तोलामा रु ८६ हजार १०० मूल्य निर्धारण भएको छ । छापावाला सुन तोलामा शुक्रबार रु ८५ हजार ६०० मा कारोवार भएको थियो ।

Kamana Sewa

यस्तै तेजाबी सुन पनि तोलामा रु ५०० ले नै उकालो लागेको छ । तोलामा रु ८५ हजार १५० मा शुक्रबार कारोवार भएको तेजाबी सुन आजका लागि भने रु ८५ हजार ६५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Classic Tech Desktop

त्यस्तै चाँदीको मूल्य भने आज स्थिर छ । चाँदी तोलामा रु एक हजार २५० मा कारोवार हुनेछ ।

प्रतिकृया