• ५ साउन २०८३, मंगलबार
  • १०:२५ बिहान

मैले लगाएँ, तपाईँहरु ढुक्क भएर खोप लगाउनुस् : प्रधानमन्त्री

प्रकाशित मिति

२०७७ फाल्गुन २३ गते, आईतवार ११:२१

काठमाडौ: प्रधानमन्त्री केपी शर्मा ओलीले ढुक्क भएर कोरोना भाइरसविरुद्धको खोप लगाउन जनतालाइ अपिल गरेका छन् ।

त्रिवि शिक्षण अस्पतालमा आइतबार बिहान कोरोना भाइरसविरुद्धको खोपको पहिलो डोज लगाएपछि प्रधानमन्त्री ओलीले महामारी नियन्त्रणका लागि खोप अत्यावश्यक रहेकाले पायक पर्ने ठाउँमा उपलब्ध भएका बेला खोप लगाउन अपिल गरेका हुन् ।

Kamana Sewa

अस्पतालबाट बाहिरिने क्रममा प्रधानमन्त्री ओलीले भने, ‘मैले खोप लगाएँ । अहिलेसम्म कुनै पनि साइडइफेक्ट देखिएको छैन र आशा छ देखिँदैन पनि होला । म सबैलाई निर्धक्क भएर खोप लगाउन आग्रह गर्छु ।’

Classic Tech Desktop

सरकारले आइतबारदेखि हिमाली जिल्लामा ५५ वर्षमाथिका र अन्य जिल्लामा ६५ वर्षमाथिका व्यक्तिलाई खोप लगाउन सुरु गरेको छ ।

खोपलाई लिएर सर्वसाधारणमा विभिन्न शंका रहेका बेला प्रधानमन्त्री ओलीले कुनै पनि दुविधा नराखी खोप लगाउन अनुरोध गरेका हुन् ।

यस्तै त्रिवि अस्पतालमै पुगेर परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले पनि खोप लगाएका छन् ।

 

प्रतिकृया