• ४ साउन २०८३, सोमबार
  • २:३२ बिहान

विधेयकविरुद्ध हातमा कालो पट्टी बाँधी पत्रकार आन्दोलित

प्रकाशित मिति

२०७६ जेष्ठ १४ गते, मंगलवार ११:१४

 

१ जेठ , काठमाडौं ।
सरकारले हालै संसदमा दर्ता गरेको मिडिया काउन्सिल विधेयकविरुद्ध काठमाडौं , भक्तपुर, ललितपुर का पत्रकार आन्दोलित बनेका छन्।

Kamana Sewa

मन्त्री परिषद्बाट पारित भई वैशाख २६ गते संसदमा विधेयक दर्ता भएको थियो। प्रेस स्वतन्त्रतालाई साँघुरो बनाउने गरी सरकारले कानुन बनाउन लागेको भन्दै सरकारको कदमका विरुद्ध देशभरका पत्रकारले सुरु गरेको आन्दोलनमा उपत्यका का पत्रकारले पनि ऐक्यवद्धता जनाएका हुन ।
विधेयकको प्रावधानमा विरोध जनाउँदै नेपाल पत्रकार महासंघले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। सरकारको कदमको विरोधस्वरुप आन्दोलनअन्तर्गत बुधबार हातमा कालो पट्टी बाँधेर उपत्यका का पत्रकार कार्यक्षेत्रमा खटिएका छन्।

Classic Tech Desktop

नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुस्करराज बुढाथोकीले विधेयक प्रेस स्वतन्त्रतालाई खुम्च्याउने खालको र पत्रकारमैत्री नभएको भन्दै विरोधमा आन्दोलन गर्नु परेको जानकारी दिए। उनले भने ”नयाँ कानुन बनाउने नाममा सरकारले पत्रकारको घाँटी निमोठ्नी काम भएको छ। पत्रकारितालाई निरुत्साहित गर्न खोजिएको छ र अहिले सरकारी जग्गा अतिक्रमण गर्ने देखि भ्रष्टचारका समाचारहरु आउँन थालेपछि सरकार केहि रुपमा डराएर प्रेसलाई कसेर आफु बल्यो हुन् खोज्छ।”

उनले संचार सामग्रीसहित जेठ ३ गते जिल्ला प्रशाशन कार्यलय अगाडी प्रदर्शन गर्ने लगायतका विरोधका कार्यक्रम सार्वजनिक गरिने बताएका छन। साथै उनले पत्रकारले प्रेस स्वतन्त्रतामा अंकुश लगाउने सरकारका हरेक कदमको खुलेर विरोध गर्न सबैलाई आग्रह गरेका छन ।

प्रतिकृया