सूर्यविनायक मा बृहत घुम्ती शिविर आयोजना हुँदै
प्रकाशित मिति
२०७६ जेष्ठ १४ गते, मंगलवार १०:५६
२९ बैशाख , भक्तपुर । सूर्य्विनायक नगरपालिकाले स्थानीय तहमै सबै सेवा पु¥याउने हेतुले यही बैशाख ३० गते ९सोमबार० बृहत एकिकृत घुम्ती शिविर तथा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ।

सूर्य्विनायक नगरपालिका वडा नम्बर ९ र १० का नागरिहरुलाई सेवा दिने उद्देश्यले काठमाण्डौ फन पार्क, पलाँसेमा आयोजना हुने उक्त शिविरमा कृषि तर्फ माटो परीक्षण तथा बाली उपचार सेवा, मौसमी तरकारी बिउ बिजन वितरण, कृषि प्रविधि प्रसारण, पशु सेवा तर्फ नाम्ले जुका औषधि वितरण, गोबर जाँच, पशु स्वास्थ्य शिविर एवं परामर्श, पशु विमा तथा व्यवसाय सम्बन्धी जानकारी रहेका छन् ।

त्यसैगरी शिविरमा सरकारी सेवातर्फ नागरिकता वितरण, अपाङ्ग परिचय पत्र वितरण, मतदाता नामावली संकलन, जेष्ठ नागरिक परिचयपत्र लगायत नगरपालिकाबाट शिविर मार्फत उपलब्ध गराउन मिल्ने सेवाहरु रहेका छन् ।
यस्तै, शिविरमा बृहत सिकाइ अन्तर्गत विपद् जोखिम न्यूनीकरण, सहकारी सेवा, विभिन्न निजी तथा सरकारी निकायबाट प्राप्त सेवा रहने बताइएको छ ।
सोही शिविरमा सार्वजनिक सुनुवाई, विभिन्न सरकारी तथा स्थानीय उत्पादन सामग्रीहरुको प्रदर्शनी, व्यवसाय तथा घरेलु उद्योग दर्ता तथा बृहत साँस्कृतिक कार्यक्रम समेत आयोजना गरिने नगरपालिकाले जनाएको छ ।




प्रतिकृया