भक्तपुर चेम्बर अफ कमर्सको पदस्थापना तथा शुभकामना आदानप्रदान
प्रकाशित मिति
२०७६ जेष्ठ १४ गते, मंगलवार १०:५५
भक्तपुर ।
भक्तपुर चेम्बर अफ कमर्सको पहिलो अधिवेशनले न्हुछेरत्न मानन्धरको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा कविदास धौबजी श्रेष्ठ,सचिबमा सुरेन्द्र श्रेष्ठ,कोषाध्यक्ष जगतबहादुर श्रेष्ठ,सदस्यमा अष्टबज्र बज्राचार्य, चन्द्रभक्त श्रेष्ठ, लक्ष्मी बहादुर श्रेष्ठ, रामगोपाल सुवाल, राधेसुन्दर सायँजु चुनिनु भएको छ ।
नयाँ कार्य समितिको पदस्थापना तथा शुभकामना आदानप्रदान समारोहमा बोल्दै चेम्बर अफ कमर्सका केन्द्रीय अध्यक्ष राजेश मल्लले आर्थिक क्रान्ति मात्र अब देशको एक मात्र मार्ग भएको बताउनुभयो । उहाँले देशमा रहेको उद्योग ब्यबसायको प्रबद्र्धन गर्दै स्थानीय उत्पादनलाई बजारीकरण मार्फत कसरी बिश्वस्तरमा जोड्न सकिन्छ यसबारे चिन्तन गर्नु आवश्यक रहेको बताउनुभयो ।
शिक्षालाई सीप र रोजगारीसँग जोडेर स्वदेशी उत्पादन बढाएर र ब्यापार घाटा घटाएर देशलाई समृद्धिको यात्रामा डोर्याउनु आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा कमर्सका प्रदेश २ का अध्यक्ष कृष्णमान श्रेष्ठ,उद्योग बााणिज्य संघ भक्तपुरका अध्यक्ष रामप्रसाद प्रजापति,चाँगुनारायण नगरपालिकाका उपप्रमुख बिना बास्तोला, नेपाली कांग्रेस भक्तपुरका सचिब निशान ढुंगेल लगायतले भक्तपुर चेम्बर अफ कमर्सको नयाँ कार्य समितिको सफलताको कामना गर्नुभयो।

भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष न्हुछेरत्न मानन्धरले भक्तपुरमा रहेका ब्यबसायीलाई संस्थाले सहजीकरण गर्दै र उद्योग बााणिज्य संघसँग सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो । यस्तै महानगरीय प्रहरी वृत सानोथिमीका प्रमुख डि एसपि मिलन केसिले भर्खरै संघीय ढांचामा प्रवेश गरेकोले आउदा दिनमा शान्ती ,सुरक्षा र सेवा प्रदान गर्न हरपल जनताका साथमा रहने बताउनु भयो । उहाले यसकार्यमा सबैको साथ र सहगोगको अपेक्षा प्रहरीले गरेको बताउदै नयाँ कार्य समितिको सफलताको कामना गर्नुभयो ।




प्रतिकृया