• ३ साउन २०८३, आइतबार
  • ३:२८ बेलुका

पत्रकार आचारसंहिता तथा भाषा प्रशिक्षण कार्यक्रम सम्पन्न

प्रकाशित मिति

२०७६ जेष्ठ १४ गते, मंगलवार १०:५२

 

काठमाडौं । नेपाल पत्रकार महासंघ ललितपुर शाखाको संयोजन एवम प्रेस काउन्सिल नेपाल र गोदावरी नगरपालिकाको सहकार्यमा विहिवार पत्रकार आचारसंहिता तथा भाषा प्रशिक्षण’ कार्यक्रमको आयोजना गरिएको छ ।

Kamana Sewa

प्रशिक्षण् कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रेस काउसिन्ल नेपालका अध्यक्ष किशोर श्रेष्ठले सञ्चार क्षेत्रको विकाससँगै मौलाएको आचार संहिता विपरितका विकृतिका कारण समाचार लेखनको क्रममा पत्रकारले छनौट गर्ने भाषा र त्यसको प्रयोगबाट कसैलाई चोट पुगेमा एक लाख रुपैया डण्ड संजाय हुने कानुनी व्यवस्था राज्यले ल्याउँन लागेको बताउनुभयो।

Classic Tech Desktop

साथै उहाँले यसअर्थमा पनि समाचार लेखनको क्रममा आचार संहिताको पालना आफैमा महत्वपूर्ण रहेको बताउनुभएको छ । त्यस्तै पत्रकार महासंघ ललितपुर शाखाका अध्यक्ष ज्ञान प्रसाद पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन लगायतले वोल्नु भएको थियो ।
त्यस्तै महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले न्यायालयलाई प्रभावित पार्ने गरी आमसञ्चार क्षेत्रले न्यायालयको स्वतन्त्रताको सम्मान गर्नुपर्ने बताउँदै प्रेस स्वतन्त्रताको कुरा गरिरहँदा न्यायालयको स्वतन्त्रतालाई पनि ख्याल गर्नु पर्ने बताउँनु भएको छ ।

उहाँले भन्नुभयो, नेपालको संविधान कार्यान्वयको महान अभियान प्रतिनिधी तथा प्रदेश सभाको निर्वाचनको समयमा आम मतदाताहरुलाई सुचिजित गर्ने माध्यमको रुपमा आम सञ्चारमाध्यमहरुको भूमिका अपहिर्यता छ ।

सामाजिक उत्तरदायित्वमा आधारित पेशा पत्रकारिता पेशा भएकोले निर्वाचन सम्पन्न गर्न सहयोग पुग्ने समाचार तथा सूचना प्रसारण गर्न आम सञ्चारमाध्यमहरुलाई उहाँले विशेष अनुरोध गर्नुभएको हो ।

प्रशिक्षण कार्यक्रममा पत्रकार महासंघ पुर्व अध्यक्ष डा महेन्द्र विष्टले पत्रकार आचार संहिता सम्वन्धी , प्रेस काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसाल ,सह प्रशासकिय अधिकृत दिपक खनाल लगायतले भाषा र कारबाही सम्बन्धी प्रशिक्षण दिनु भएको थियोे । राज्यको चौथो अङ्ग पत्रकारिता भएकाले राज्यको हरेक निकायको क्रियाकलापहरुलाई जस्ताको त्यस्तै जनतासम्म पु¥याउन सञ्चारमाध्यमको भूमिकालाई पार्दशी, निश्पेक्ष आचार संहिताहरलाई आत्मसात गर्दै पत्रकारिता गर्नुपर्ने उहाँको धारणा थियो ।

कार्यक्रममा बिभिन्न सञ्चार क्षेत्रमा आवद्व सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।

प्रतिकृया