सानोथिमीमा सामुदायिक भवन शिलान्यास
प्रकाशित मिति
२०७६ जेष्ठ १४ गते, मंगलवार १०:५१
भक्तपुर ।
भक्तपुरको सानोथिमी स्थित चेतनशिल बहुउद्देश्यीय सामुदायिक भवन शिलान्यास भएको छ । भवन शिलान्यास कार्यक्रममा प्रमुख अतिथि को रुपमा रहनुभएको पूर्वउधोग मन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेत ले उद्धघाटन गर्नुृभएको थियो ।

सांसद बस्नेतले शिलान्यास भवन समुदायका विभिन्न गतिविधि सञ्चालनका लागि उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । नेपालमा लामो समयदेखिको सङ्घर्षको उपलब्धिस्वरुप संविधानसभाबाट नयाँ संविधान प्राप्त भएको उल्लेख गर्दै उहाँले संविधान गतिशील दस्तावेज भएकाले जनताका हक अधिकार सुनिश्चितताका लागि यस भवनबाट आवश्यकता अनुसार परिवर्तन गर्न सकिने बताउनुभयो । साथै आफूमा भएको सीपको सहि सदुपयोग गरी सामुदायिक भवन समृद्धितर्फ उन्मुख हुनुपर्नेमा उहाँको जोड रहेको छ ।

उक्त निर्माण समितिको अध्यक्ष शिव कुमार थापा मगर ले प्रहरीका साथसाथै समाजलाई आवश्यक पर्ने सबै कुरा राख्ने उदेश्य रहेको सामुदायिक भवन शिलान्यास भएकाले खुशी प्रकट गर्नुभयो । साथै भवन निर्माण अनुगमनका सदस्य बासुदेब थापा मगरले उहाँले ५ आना जग्गामा बन्ने चेतनशिल बहुउद्देश्यीय सामुदायिक भवन ३ तल्ला र सबै हल कोठा हुने बताउनुभएको छ। सांसद बस्नेत को पहलद्धारा संसदकोष बाट १० लाख बजेट लिइ आगामी महिना सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको उहाँको भनाइ छ ।
शिलान्यास कार्यक्रममा प्रहरी वृत सानोथिमी , समाजसेवि , नगरवासी , स्थानिय, प्रहरी , शुभचिन्तक ,बुद्धिजीवि आदिको ठुलो उपस्थिति रहेको थियो ।




प्रतिकृया