सामुदायिक भवन शिलान्यास
प्रकाशित मिति
२०७६ जेष्ठ १४ गते, मंगलवार १०:४४
बैशाख २४, भक्तपुर । मध्यपुर थिमी नगरपालिका वडा नं २ सानोथिमी स्थित बहुउद्देश्यीय सामुदायिक भवन शिलान्यास भएको छ । भवन शिलान्यास कार्यक्रमको उद्धघाटन प्रमुख अतिथि को रुपमा रहनुभएको पूर्वउधोग मन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेत ले गर्नुृभएको थियो ।

सांसद बस्नेतले शिलान्यास भवन समुदायका विभिन्न गतिविधि सञ्चालनका लागि उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । नेपालमा लामो समयदेखिको सङ्घर्षको उपलब्धिस्वरुप संविधानसभाबाट नयाँ संविधान प्राप्त भएको उल्लेख गर्दै उहाँले संविधान गतिशील दस्तावेज भएकाले जनताका हक अधिकार सुनिश्चितताका लागि यस भवनबाट आवश्यकता अनुसार परिवर्तन गर्न सकिने बताउनुभयो । सांसद बस्नेतले उक्त भवनका लागी आर्थीक सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभएको छ।

नेपाली कांग्रेसका श्रेत्रिय प्रतिनिधि ,पूर्व गाविस उपाध्यक्ष ,समाजसेवि तथा निमार्ण उपभोक्ता समितिको अध्यक्ष रामभक्त थापा मगरले प्रहरीका साथसाथै समाजलाई आवश्यक पर्ने सबै कुरा राख्ने उदेश्य रहेको सामुदायिक भवन शिलान्यास भएकाले खुशी प्रकट गर्नुभयो । उहाँले युसेफ नेपालले पहिले भोगचलन गर्दै आएको जग्गा भाडामा लिई १ रोपनि जग्गामा बन्ने सामुदायिक भवन ३ तल्ला र ७ कोठा हुने बताउनुभएको छ।
उहाँले बहुबर्षीय योजना भएकाले अर्को आर्थीक बर्ष सम्ममा बजेट थप्ने काम हुने बताउनुभयो । भवन नगरपालिकाबाट अनुदान ३५ लाख र सन्चय विकाश कोषबाट रु १० लाख गरी कूल ४५ लाख को लागतमा आगामी बर्ष सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको उहाँको भनाइ छ ।
त्यसैगरीे मध्यपुरथिमी नगरपालिकाका प्रवक्ता तथा मध्यपुरथिमी नगरपालिका वडा नं २ का वडाअध्यक्ष राम थापा मगरले विशेष पहलका साथ जग्गा लिएर सामुदायिक भवन निमार्ण गरेको जानकारी दिनुभयो । वडाअध्यक्ष मगरले आँफूमा भएको सीपको सही सदुपयोग गरी सामुदायिक भवन समृद्धितर्फ उन्मुख हुनुपर्नेमा जोड दिनुभयो । उहाँले उक्त जग्गा सहयोग गर्ने यूसेफ नेपालका बिपिन आचार्य र सुवाल सरको ठुलो हात रहेको बताउनुभयो ।
वडाअध्यक्ष मगरले उक्त भवन १ बर्षभित्र पूर्णरुपले सम्पन्न गर्ने लक्ष्य लिएको बताउदै उहाँले उक्त भवन मा केहि समस्या तथा चुनौति रहेको पनि औंल्याउनुभयो ।
उपभोक्ताले पनि कार्य गर्ने भएकाले २० प्रतिशत अनुदानरुपमा प्राप्त गर्ने हुँदा केहि समस्या उत्पन्न हुने भएकाले कार्य पुरा नहोलाकि भन्ने शंका वडाअध्यक्ष मगरको रहेको छ ,यद्यपि चुस्त रुपले कार्य हुने उहाँले दृढ विश्वास ब्यक्त गर्नुभयो ।
उद्धघाटन कार्यक्रममा प्रहरी वृत सानोथिमीका मिलन केसी , समाजसेवि अष्ट कबे , नगरवासी , स्थानिय, प्रहरी , बिभिन्न पार्टिका शुभचिन्तक ,बुद्धिजीवि आदिको ठुलो उपस्थिति रहेको थियो ।




प्रतिकृया