• ८ भदौ २०८३, मंगलबार
  • ९:४७ बिहान

गण्डकीमा एमालेले मन्त्री फिर्ता बोलाउने, सामूहिक राजीनामा दिने

प्रकाशित मिति

२०८३ भाद्र ९ गते, मंगलवार ०९:४६

९ भदौ २०८३ पोखरा – गण्डकी प्रदेश सरकारबाट नेकपा एमालेले आफ्ना मन्त्रीहरू फिर्ता बोलाउने निर्णय गरेको छ। केही बेरअघि बसेको एमाले संसदीय बोर्डको बैठकले मन्त्रीहरूलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको प्रमुख सचेतक देवका पहारीले जानकारी दिइन्।

पहारीका अनुसार एमालेका मन्त्रीहरूले सामूहिक रूपमा राजीनामा बुझाउने तयारी गरेका छन्। उनले अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भइरहेको बताइन्। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच राष्ट्रिय स्तरमा सहकार्य भएपछि त्यसको प्रभाव गण्डकी प्रदेश सरकारमा पनि परेको हो। राष्ट्रिय राजनीतिक समीकरणअनुसार एमाले गण्डकी प्रदेश सरकारबाट बाहिरिन लागेको हो।

Kamana Sewa

गण्डकी प्रदेश सरकारमा एमालेका तर्फबाट गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री, यशोदा रिमाल उद्योग तथा पर्यटनमन्त्री, भीम कार्की कृषि मन्त्री र लक्ष्मणबहादुर पाण्डे स्वास्थ्य मन्त्री छन्।

Classic Tech Desktop

एमालेको निर्णयसँगै गण्डकी प्रदेश सरकारको सत्ता समीकरणमा समेत परिवर्तन आउने देखिएको छ।

प्रतिकृया