• ७ भदौ २०८३, सोमबार
  • ६:०४ बेलुका

विदेशी स्याउ आयात रोक्न सांसद ज्ञानेन्द्र शाहीको माग

प्रकाशित मिति

२०८३ भाद्र ८ गते, सोमबार ०५:३७

८ भदौ २०८३ काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले विदेशबाट स्याउ आयात रोक्दै स्वदेशी उत्पादनलाई प्राथमिकता दिन सरकारसँग माग गरेका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहीले नेपाली किसानले उत्पादन गरेको स्याउ बजार अभावका कारण समस्यामा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।

उनका अनुसार अघिल्लो आर्थिक वर्षमा मात्रै करिब १० अर्ब ५५ करोड ७५ लाख रुपैयाँभन्दा बढीको स्याउ विदेशबाट आयात भएको छ। यस्तै, अघिल्लो वर्षको साउन महिनामा मात्रै करिब १ अर्ब ५ करोड ४४ लाख रुपैयाँ बराबरको स्याउ आयात भएको उनले बताए।

Kamana Sewa

सांसद शाहीले जुम्लाको कृषि सम्भावनालाई राज्यले पर्याप्त उपयोग गर्न नसकेको पनि बताए। उनका अनुसार जुम्लामा करिब ३८ हजार ४८६ हेक्टर खेतीयोग्य जमिन रहे पनि करिब ११ प्रतिशत क्षेत्रमा मात्रै खेती भइरहेको छ।

Classic Tech Mobile

बाँकी खेतीयोग्य जमिन उपयोगविहीन रहेको भन्दै उनले स्वदेशी कृषि उत्पादन बढाउन सरकारले प्रभावकारी नीति तथा कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए।

प्रतिकृया