सभामुखलाई एमाले सांसद राईको प्रश्न– कान सुन्नुहुन्छ कि सुन्नुहुन्न ?
प्रकाशित मिति
२०८३ असार २४ गते, बुधबार ११:३८
२४ असार २०८३ काठमाडौं – प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेका सांसद राजेन्द्र राई र सभामुख डोलप्रसाद अर्यालबीच केहीबेर भनाभन भएको छ। बैठक सुरु भएपछि विपक्षी दलहरूले विरोध जनाएपछि सभामुख अर्यालले नेपाली कांग्रेसपछि एमाले सांसद राईलाई बोल्न समय दिएका थिए। आफ्नो भनाइ सुरु गर्दै राईले सभामुखलाई लक्षित गर्दै, ‘सभामुखज्यू, तपाईं कान सुन्नुहुन्छ कि हुन्न ?’ भन्दै प्रश्न गरेका थिए।
राईको अभिव्यक्तिपछि सभामुख अर्यालले उनलाई तत्काल रोकेर मर्यादित भाषा प्रयोग गर्न निर्देशन दिए। सभामुखले ‘आफ्नो भनाइ मर्यादाभित्र रहेर राख्नुस्, सभामुखको अवहेलना गर्दै हुनुहुन्छ’ भन्दै चेतावनी दिएका थिए।

राईले आफ्नो भनाइलाई निरन्तरता दिन खोजेपछि सभामुखले उनलाई बोल्न नदिई एमालेकै सांसद परशुराम तामाङलाई बोल्ने समय दिएका थिए। घटना केहीबेर प्रतिनिधिसभा बैठकको मुख्य आकर्षण बनेको थियो।





प्रतिकृया