• ५ असार २०८३, शुक्रबार
  • १:१५ बेलुका

दक्षिण कोरियामाथि मेक्सिकोको जित, लगातार दोस्रो विजयसँगै विश्वकपमा बलियो सुरुआत

प्रकाशित मिति

२०८३ असार ५ गते, शुक्रबार ०९:२४

५ असार २०८३ काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको खेलमा मेक्सिकोले दक्षिण कोरियालाई १–० ले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको छ। यसअघि पहिलो खेलमा दक्षिण अफ्रिकालाई २–० ले हराएको मेक्सिकोले लगातार दुई जितसँगै ६ अंक जोड्दै समूह चरणमा आफ्नो स्थिति बलियो बनाएको छ।

समूह ‘ए’ अन्तर्गत आजै भएको अर्को खेलमा चेकिया र दक्षिण अफ्रिकाले बराबरी खेल्दै अंक बाँडे। यस्तै समूह ‘बी’ मा क्यानडाले कतारलाई ६–० को फराकिलो अन्तरले पराजित गर्दै विश्वकपमा प्रभावशाली प्रदर्शन गरेको छ। सोही समूहको अर्को खेलमा स्विट्जरल्याण्डले बोस्निया–हर्जगोभिनालाई ४–१ ले हराएको छ।

Kamana Sewa

लगातार दोस्रो जित निकालेसँगै मेक्सिको नकआउट चरण नजिक पुगेको छ।

Classic Tech Desktop

प्रतिकृया