• ४ असार २०८३, बिहीबार
  • ९:३८ बिहान

मेस्सीको दोहोरो प्रहारमा अर्जेन्टिनाको सहज अग्रता

प्रकाशित मिति

२०८३ असार ३ गते, बुधबार ०८:२७

३ असार २०८३ काठमाडौं – साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप–२०२६ अन्तर्गत अल्जेरियाविरुद्धको खेलमा आफ्नो अग्रतालाई दोब्बर बनाएको छ। अमेरिकाको कान्सास सिटी रंगशालामा जारी खेलमा कप्तान लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिना बलियो स्थितिमा पुगेको हो।

मेस्सीले खेलको ६०औँ मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि दोस्रो गोल गर्दै अर्जेन्टिनालाई २–० को अग्रता दिलाए। एलेक्सिस म्याक एलिस्टरको प्रहार अल्जेरियाका गोलरक्षकले रोके पनि रिबाउन्ड भएको बललाई मेस्सीले सहजै जाली चुमाएका थिए।

Kamana Sewa

यसअघि खेलको १७औँ मिनेटमै मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। उक्त गोलसँगै विश्वकपमा उनको व्यक्तिगत गोल संख्या १५ पुगेको छ। विश्व फुटबलका महान् खेलाडीमध्ये एक मानिने मेस्सी विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान नजिक पुगिरहेका छन्। उनको दोहोरो गोलले अर्जेन्टिनालाई अर्को जिततर्फ उन्मुख बनाएको छ।

Classic Tech Desktop

खेल जारी रहँदा अर्जेन्टिनाले २–० को अग्रता कायम राखेको छ।

प्रतिकृया