• ४ असार २०८३, बिहीबार
  • ९:३४ बिहान

मेस्सीको ह्याट्रिक, अर्जेन्टिनाको दमदार सुरुआत

प्रकाशित मिति

२०८३ असार ३ गते, बुधबार ०८:३१

३ असार २०८३ काठमाडौं – साविक विजेता अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले फिफा विश्वकप–२०२६ को पहिलो खेलमै ह्याट्रिक पूरा गरेका छन्। अमेरिकाको कान्सास सिटी रंगशालामा जारी खेलमा अल्जेरियाविरुद्ध मेस्सीले उत्कृष्ट प्रदर्शन गर्दै ह्याट्रिक पूरा गरेका हुन्।

खेलको सुरुआतदेखि नै प्रभावशाली देखिएका मेस्सीले अर्जेन्टिनालाई अग्रता दिलाउने गोल गरेपछि दोस्रो हाफमा थप दुई गोल गर्दै व्यक्तिगत ह्याट्रिक पूरा गरेका हुन्। उनको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिनाले अल्जेरियाविरुद्ध सहज नियन्त्रण कायम राखेको छ।

Kamana Sewa

विश्व फुटबलका महान् खेलाडीमध्ये एक मानिने मेस्सीका लागि यो विश्वकप करिअरको अर्को ऐतिहासिक उपलब्धि बनेको छ। ह्याट्रिकसँगै उनले विश्वकपमा आफ्नो गोल संख्या थप बढाएका छन् र सर्वाधिक गोलकर्ताको कीर्तिमानतर्फ थप नजिक पुगेका छन्।

Classic Tech Desktop

मेस्सीको कप्तानीमा अर्जेन्टिनाले उपाधि रक्षा अभियानको सुरुआत शानदार ढंगले गरेको छ भने उनकाे ह्याट्रिकले विश्वकप–२०२६ मा अर्जेन्टिनाको बलियो दाबेदारीसमेत संकेत गरेको छ।

प्रतिकृया