• ४ असोज २०८३, आइतबार
  • ४ः५० बेलुका

सुनको मूल्यमा भारी गिरावट, तोलामा १० हजार ५०० रुपैयाँ घट्यो

प्रकाशित मिति

२०८३ असार ५ गते, शुक्रबार १०:४९

५ असार २०८३ काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। एकै दिन सुनको भाउ प्रतितोला १० हजार ५०० रुपैयाँले घटेको हो।

National Life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार २०० रुपैयाँ कायम रहेको थियो।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ३०५ रुपैयाँले ओरालो लागेर ४ हजार ६४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि परेको व्यवसायीहरूको भनाइ छ।

प्रतिकृया