• १५ असोज २०८३, बिहीबार
  • ४ः३९ बेलुका

काठमाडौं महानगरले ११ महिनामा ४५ प्रतिशत बजेट खर्च गर्‍यो

प्रकाशित मिति

२०८३ असार ४ गते, बिहीबार ०५:०५

४ असार २०८३ काठमाडौं – काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा कुल विनियोजित बजेटको ४५ प्रतिशत मात्र खर्च गरेको छ। महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको विवरण सार्वजनिक गरेकी हुन्।

National Life

उनका अनुसार जेठ मसान्तसम्म महानगरले ११ अर्ब २९ करोड २९ लाख रुपैयाँ खर्च गरेको छ। चालु आर्थिक वर्षका लागि महानगरले २५ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ।

खर्च विवरणअनुसार जेठ मसान्तसम्म चालुतर्फ ५ अर्ब ७२ करोड रुपैयाँ तथा पुँजीगततर्फ ५ अर्ब ५२ करोड रुपैयाँ खर्च भएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

महानगरपालिकाले बजेट कार्यान्वयनको हालसम्मको अवस्थालाई सन्तोषजनक रहेको जनाएको छ। आर्थिक वर्ष सकिन एक महिना बाँकी रहँदा बाँकी बजेट खर्चका लागि विभिन्न योजना तथा कार्यक्रम कार्यान्वयनको काम जारी रहेको महानगरले जनाएको छ।

प्रतिकृया