• १५ असोज २०८३, बिहीबार
  • ४ः३९ बेलुका

नेप्से ५.०६ अंकले घट्यो, ३ अर्ब ४१ करोड रुपैयाँको कारोबार

प्रकाशित मिति

२०८३ असार ४ गते, बिहीबार ०३:४९

४ असार २०८३ काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बिहीबार ५.०६ अंकले घटेर २७०० बिन्दुमा कायम भएको छ। आज ३४७ कम्पनीका ७४ लाख ६८ हजार कित्ता शेयर किनबेच हुँदा कुल ३ अर्ब ४१ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

National Life

कारोबारमा सहभागी १३ उपसमूहमध्ये ८ उपसूचक घटेका छन् भने ५ उपसूचकमा सुधार देखिएको छ। बजारमा ७७ कम्पनीको शेयर मूल्य बढेको छ भने १८१ कम्पनीको शेयर मूल्य घटेको छ। १४ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।

कारोबार रकम उल्लेख्य रहे पनि अधिकांश कम्पनीको शेयर मूल्य घट्दा समग्र बजार परिसूचक भने रातो चिन्हमा बन्द भएको हो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया