• ३ असोज २०८३, शनिबार
  • ९ः३८ बिहान

डियाजको गोलमा कोलम्बिया पुनः अग्रता, उज्बेकिस्तानविरुद्ध २-१ ले अघि

प्रकाशित मिति

२०८३ असार ४ गते, बिहीबार ०९:२९

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत जारी खेलमा कोलम्बियाले डेब्युटेन्ट उज्बेकिस्तानविरुद्ध पुनः अग्रता बनाएको छ।मेक्सिकोको अज्टेका स्टेडियममा भइरहेको खेलमा कोलम्बियाका स्टार फरवार्ड लुइस डियाजले ६५औँ मिनेटमा गोल गर्दै टोलीलाई २-१ को अग्रता दिलाएका हुन्। उनले उज्बेकिस्तानले बराबरी गोल फर्काएको पाँच मिनेटपछि नै टोलीलाई पुनः अघि बढाए।

National Life

यसअघि उज्बेकिस्तानका अब्बोसबेक फेजुल्लाएभले ६०औँ मिनेटमा गोल गर्दै खेल १-१ को बराबरीमा ल्याएका थिए। उक्त गोलसँगै उनी फिफा विश्वकपमा उज्बेकिस्तानका लागि गोल गर्ने पहिलो खेलाडी बने। कोलम्बियाले पहिलो अग्रता भने ४०औँ मिनेटमा लिएको थियो। डानिएल मुनोजले लुइस डियाजको पासलाई वान-टच फिनिसिङ गर्दै गोल गरेका थिए।

एसियाली राष्ट्र उज्बेकिस्तानले यसै खेलमार्फत फिफा विश्वकपमा पहिलोपटक सहभागिता जनाएको हो। टोलीका मुख्य प्रशिक्षक सन् २००६ मा इटालीलाई विश्वकप उपाधि दिलाउँदा कप्तान रहेका फाबियो कानभारो हुन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया