• १५ असोज २०८३, बिहीबार
  • ४ः४० बेलुका

ईभी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न ज्ञानेन्द्र शाहीको माग

प्रकाशित मिति

२०८३ असार ५ गते, शुक्रबार ०१:०३

५ असार २०८३ काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले ईभी गाडी आयात प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै शाहीले विगत र वर्तमान सरकारबीच कुनै फरक नदेखिएको टिप्पणी गर्दै सुशासन र जवाफदेहिताका विषयमा सरकार गम्भीर नभएको आरोप लगाए।

National Life

उनले सुन तस्करी प्रकरणको छानबिनमा जस्तै अहिले ईभी गाडी प्रकरणमा पनि सरकारले छानबिन गर्न नचाहेको दाबी गर्दै राज्यको राजस्व संरक्षणका लागि संसदीय छानबिन समिति आवश्यक रहेको बताए।

शाहीले आफूहरू सत्य, सुशासन र जवाफदेहिताको पक्षमा उभिएको उल्लेख गर्दै यी विषय उठाउँदा विपक्षी दलमाथि डिजिटल माध्यमबाट आक्रमण भइरहेको आरोप पनि लगाए।

Classic Tech Mobile
Classic Tech Desktop

देशको वर्तमान अवस्थाका लागि गरिब, किसान र सर्वहारा वर्ग जिम्मेवार नभई सत्ता र शक्तिमा पहुँच भएका व्यक्तिहरू जिम्मेवार रहेको उनको भनाइ थियो। साथै उनले आफू एक्लै भए पनि सत्यको पक्षमा उभिरहने प्रतिबद्धता व्यक्त गरे।

प्रतिकृया