• ४ साउन २०८३, सोमबार
  • ३:२६ बिहान

पश्चिमी वायुको प्रभाव : देशका विभिन्न स्थानमा वर्षा, हिमपात र तातो लहरको सम्भावना

प्रकाशित मिति

२०८३ जेष्ठ ११ गते, सोमबार ०९:१२

११ जेठ २०८३ काठमाडौं – जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जनाएको छ । यसको प्रभावका कारण देशका विभिन्न प्रदेशमा बदली, वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जानकारी दिएको हो ।

हाल कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ । कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा पनि बादल लागेको छ भने मधेश प्रदेश तथा लुम्बिनीका अधिकांश तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ ।

Kamana Sewa

विभागका अनुसार कोशी र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ भने बागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ । यी प्रदेशका केही स्थान तथा मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन/चट्याङसहित वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

Classic Tech Desktop

यता सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा तातो दिन तथा तराई क्षेत्रमा तातो लहरको सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

आज राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा बदली कायम रहने तथा केही स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

प्रतिकृया