• २ भदौ २०८३, बुधबार
  • २:५५ बिहान

वीरगन्ज नाकाबाट १० महिनामा ७ खर्ब ९४ अर्बभन्दा बढीको आयात

प्रकाशित मिति

२०८३ जेष्ठ १० गते, आईतवार १०:०१

वीरगन्ज भन्सार कार्यालय मार्फत चालु आर्थिक वर्षको १० महिनामा ७ खर्ब ९४ अर्ब ८७ करोड रुपैयाँ बराबरका वस्तु तथा सामान आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो १ खर्ब २ अर्ब ४४ करोड रुपैयाँ अर्थात् करिब १५ प्रतिशतले बढी हो । गत आवको १० महिनामा वीरगन्ज नाकाबाट ६ खर्ब ९२ अर्ब ४३ करोड रुपैयाँ बराबरका वस्तु आयात भएका थिए ।

भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्ट ले पेट्रोलियम पदार्थ तथा फलामजन्य वस्तुको आयात बढेकाले समग्र आयातमा वृद्धि भएको जानकारी दिए ।

Kamana Sewa

कार्यालयका अनुसार चालु आवको १० महिनामा १ खर्ब ८१ अर्ब ७० करोड रुपैयाँ बराबरका पाँच प्रकारका पेट्रोलियम पदार्थ आयात भएका छन् । त्यस्तै ६९ अर्ब ४२ करोड रुपैयाँको फलाम तथा फलामजन्य सामग्री, ५७ अर्ब ६६ करोड रुपैयाँ बराबरको मेसिनरी तथा पार्टपुर्जा र ५५ अर्ब ७ करोड रुपैयाँ बराबरको भटमासको कच्चातेल आयात भएको जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया