• १ भदौ २०८३, मंगलबार
  • २:२० बिहान

उपत्यकामा ट्राफिक नियम उल्लङ्घन बढ्दो, पछिल्लो २४ घण्टामा कति परे कारबाहीमा ?

प्रकाशित मिति

२०८३ जेष्ठ १० गते, आईतवार ०९:५५

१० जेठ २०८३ काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा उपत्यकाका विभिन्न क्षेत्रमा सञ्चालन गरेको विशेष ट्राफिक जाँचका क्रममा १ हजार ८४१ जना सवारी चालकलाई कारबाही गरेको जनाएको छ । ट्राफिक नियम उल्लङ्घन गर्ने चालकहरूबाट कुल ४ लाख ७९ हजार ५०१ रुपैयाँ राजस्व सङ्कलन भएको प्रहरीले जनाएको छ ।

कारबाहीमा पर्नेहरूमा मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने १०७ जना, राइड सेयरिङमा संलग्न १९२ जना, रातोबत्ती उल्लङ्घन गर्ने १८३ जना तथा तीव्र गतिमा सवारी चलाउने १२६ जना रहेका छन् । त्यस्तै लेन मिच्ने ४१, फुटपाथ प्रयोग गर्ने ७५, हर्न निषेध उल्लङ्घन गर्ने १४९, एकतर्फी सडकमा सवारी चलाउने ७७ तथा अन्य विभिन्न नियम उल्लङ्घन गर्ने ८९१ जना चालकलाई पनि कारबाही गरिएको प्रहरीले जनाएको छ ।

Kamana Sewa

प्रहरीले मादक पदार्थ वा लागुपदार्थ सेवन गरेर सवारी चलाउनु गम्भीर कानुनी अपराध भएकाले त्यस्तो गतिविधि देखिएमा तुरुन्त नजिकको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ वा प्रहरीको हटलाइन नम्बर १०० मा जानकारी दिन सर्वसाधारणलाई आग्रह गरेको छ ।

Classic Tech Desktop

प्रतिकृया