यस्तो छ आजको मौसम
प्रकाशित मिति
२०८३ बैशाख १६ गते, बुधबार ०७:५७
१६ बैशाख २०८३ काठमाडौं- जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको संयुक्त प्रभाव रहेको जनाएको छ। विभागका अनुसार अहिले कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित देशका हिमाली तथा पहाडी भू-भागमा अधिकांश बदली छ भने अन्य स्थानमा आंशिक बदली रहेको छ।
गण्डकीका केही स्थान तथा बागमती र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ।आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। विशेषगरी कोशी प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ। साथै तराईका केही स्थानमा हावाहुरी चल्ने सम्भावना पनि रहेको छ।

आज राति पनि देशभर आंशिकदेखि अधिकांश बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जनसहित वर्षा/हिमपातको सम्भावना रहेको छ।

विभागले कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा राति पनि भारी वर्षा हुन सक्ने जनाएको छ भने तराई क्षेत्रमा हावाहुरीको जोखिम कायम रहने चेतावनी दिएको छ। मौसमका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।




प्रतिकृया