• ३१ भदौ २०८३, बुधबार
  • ९ः२४ राती

शेखर गोल्छालाई अर्थमन्त्री डा. वाग्लेको ‘सपोर्ट’ हल्ला मात्रै सावित

प्रकाशित मिति

२०८३ बैशाख १५ गते, मंगलवार ०४:००

१५ बैशाख २०८३ काठमाडौं- सुशासन सुधारलाई मुख्य लक्ष्य बनाएर अघि बढेको सरकारले आर्थिक अपराधमा संलग्न व्यक्तिहरूमाथि कारबाही तीव्र पारेको छ। यसक्रममा विवादित व्यवसायी दीपक भट्टसँगको आर्थिक कारोबारमा संलग्न रहेको आशङ्कामा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का पूर्वअध्यक्ष शेखर गोल्छालाई हिरासतमा लिएर अनुसन्धान भइरहेको छ।

National Life

गोल्छा हिरासतमा रहेका बेला अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग उनको सम्बन्धबारे विभिन्न अड्कलबाजीहरू सार्वजनिक भएका छन्। उनीहरूबीच नजिकको सम्बन्ध रहेको र त्यसकै आधारमा गोल्छालाई छुट दिलाउने प्रयास हुन सक्ने चर्चा बजारमा चलिरहेको छ।

तर अर्थमन्त्री वाग्लेले भने यस्तो अड्कलबाजीलाई खण्डन गर्दै आर्थिक अपराधमा संलग्न जो–कोहीलाई पनि संरक्षण नदिने स्पष्ट पारेका छन्। व्यवसायीहरूसँगको भेटमा उनले कानुन र न्यायको पक्षमा दृढ रहने बताउँदै चिनजान वा सम्बन्धका आधारमा कसैलाई उन्मुक्ति नदिने अडान व्यक्त गरेका हुन्।

Classic Tech Mobile
Classic Tech Desktop

‘हामी विगतका सरकारभन्दा फरक ढंगले काम गर्न खोजिरहेका छौँ। राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रै भन्ने नीति लिएका छौँ,’ उनले भने, ‘कसैसँग सम्बन्ध भएकै कारण अपराधबाट उन्मुक्ति दिलाउने काम यो सरकारले गर्दैन।’ उनको यस्तो अभिव्यक्तिपछि कार्यक्रममा सहभागी व्यवसायीहरू केही समय मौन बनेको स्रोतले जनाएको छ।

यसैबीच, नेपाल धितोपत्र बोर्ड (सेबोन)ले तयार पारेको ‘दीपक भट्टले गरेको धितोपत्र कारोबारसम्बन्धी प्रारम्भिक जाँचबुझ सुपरीवेक्षण प्रतिवेदन, २०८३’ मा गोल्छाको नाम उल्लेख भएपछि केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो।

प्रतिकृया