नबिल बैंकको नाफा ३३.९१% ले वृद्धि, ६ अर्ब ७६ करोड नाघ्यो
प्रकाशित मिति
२०८३ बैशाख १५ गते, मंगलवार ०९:११
१५ बैशाख २०८३ काठमाडौं- नबिल बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गर्दै उल्लेखनीय नाफा वृद्धि गरेको जनाएको छ। सार्वजनिक विवरणअनुसार, बैंकले यस अवधिमा ६ अर्ब ७६ करोड ४६ लाख रुपैयाँ नाफा कमाएको छ।
यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३३.९१ प्रतिशतले बढी हो। गत वर्षको सोही अवधिमा बैंकले ५ अर्ब ५ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। बैंकको खुद ब्याज आम्दानी पनि ३.३६ प्रतिशतले वृद्धि हुँदै १२ अर्ब ४५ करोड ९४ लाख रुपैयाँ पुगेको छ। यस्तै, सञ्चालन नाफा ७ अर्ब ६२ करोड रुपैयाँबाट बढेर ९ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ।

हाल बैंकको चुक्ता पुँजी ३२ अर्ब ५ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३४ अर्ब ४० करोड रुपैयाँ सञ्चित छ। बैंकको वितरणयोग्य नाफा ४ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ। यस अवधिमा बैंकको खराब कर्जा दर ४.९६ प्रतिशतबाट घटेर ३.३७ प्रतिशतमा झरेको छ, जसले बैंकको कर्जा गुणस्तरमा सुधार देखाएको छ।

बैंकको प्रतिसेयर आम्दानी ३३.०२ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २४३.३० रुपैयाँ कायम रहेको छ।




प्रतिकृया