सस्मित पोखरेल र चिनियाँ राजदूतबीच भेटवार्ता
प्रकाशित मिति
२०८३ बैशाख १४ गते, सोमबार ०१:३०
१४ बैशाख २०८३ काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेटवार्ता गरेका छन्। सोमबार सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा नेपाल–चीनबीच शिक्षा, विज्ञान तथा प्रविधि र खेलकुद क्षेत्रको सहयोग र सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको हो।
भेटमा विशेषगरी विद्यालय पूर्वाधार विकास, पठनपाठनमा डिजिटल प्रणालीको विस्तार तथा संस्थागत सुदृढीकरणजस्ता विषयमा कुराकानी भएको मन्त्रालयले जनाएको छ। त्यस्तै, नेपाल–चीनबीचको ऐतिहासिक द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र बहुआयामिक साझेदारीलाई थप सुदृढ बनाउने विषयमा पनि छलफल भएको थियो।

मन्त्री पोखरेलले विद्यालय पूर्वाधार विकास, डिजिटल शिक्षण प्रणाली विस्तार र चीनसँगको सहकार्य बढाउन चाहेको धारणा राखेका थिए। उनले शिक्षा क्षेत्रमा सञ्चालित परियोजनाहरू छिटो सम्पन्न गर्न र नेपाली विद्यार्थीका लागि चीन सरकारले प्रदान गर्ने छात्रवृत्ति कार्यक्रमलाई थप प्रभावकारी बनाउन आग्रह गरेका थिए।

चिनियाँ राजदूत माओमिङले नेपालले उठाएका विषयमा चीन सरकार सहकार्यका लागि इच्छुक रहेको बताउँदै दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।




प्रतिकृया