सुकुमबासी बस्ती स्थानान्तरणमा विद्यार्थीलाई सहजीकरण गर्न शिक्षामन्त्रीको यस्तो छ ६ बुँदे सर्कुलर
प्रकाशित मिति
२०८३ बैशाख १४ गते, सोमबार ०२:१४
१४ बैशाख २०८३ काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले सुकुमबासी बस्ती स्थानान्तरणका क्रममा प्रभावित विद्यार्थीहरूको सुरक्षा र सहजीकरणका लागि ६ बुँदे सर्कुलर जारी गरेका छन्। मन्त्रीको निर्देशनपछि मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले अव्यवस्थित बस्ती स्थानान्तरणका कारण विद्यार्थीको परीक्षा व्यवस्थापन, प्रभावित क्षेत्रका विद्यालय समायोजन तथा समन्वयलाई प्रभावकारी बनाउन विभिन्न निर्देशन जारी गरेको हो।
केन्द्रले सुकुमबासी बस्ती हटाउँदा प्रभावित विद्यार्थीहरूलाई नजिकको पायक पर्ने विद्यालयमा स्थानान्तरण गर्न सबै स्थानीय तहलाई सहजीकरण गर्न अनुरोध गरेको छ। विशेषगरी सोमबारदेखि सुरु भएको कक्षा १२ को परीक्षामा सहभागी हुने परीक्षार्थीलाई परीक्षा केन्द्रसम्म पुग्न आवश्यक सहयोग गर्न र प्रभावित विद्यालयमा वैकल्पिक व्यवस्था मिलाउन निर्देशन दिइएको छ।

त्यस्तै, सर्कुलरमा सुकुमबासी बस्तीका विद्यार्थी तथा विद्यालयसँग सम्बन्धित कुनै पनि समस्या, गुनासो वा सुझाव भएमा केन्द्रमा पठाउन स्थानीय तहहरूलाई आग्रह गरिएको छ। मन्त्रालयले यसलाई प्रभावित बालबालिकाको शिक्षा निरन्तरता सुनिश्चित गर्ने महत्वपूर्ण कदमका रूपमा लिएको छ।






प्रतिकृया