• ६ असोज २०८३, मंगलबार
  • ३ः३४ दिउँसो

अनेरास्ववियुको बैठकमा सुहाङ नेम्वाङ प्रकरणबारे चर्चा, पुस्तान्तरणको माग

प्रकाशित मिति

२०८३ बैशाख १४ गते, सोमबार ०१:२०

१४ बैशाख २०८३ काठमाडौं – नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको सचिवालय बैठकमा युवा नेता सुहाङ नेम्वाङलाई संसदीय दलको नेता बन्नबाट रोकिएको विषयमा छलफल भएको छ। बैठकमा सहभागी एक सदस्यका अनुसार, “सुहाङ नेम्वाङलाई दलको नेता बन्न पार्टीभित्रबाटै रोकियो, षड्यन्त्र भयो” भन्ने धारणा उठेको थियो। उनले एमालेभित्र युवालाई अवसर दिने विषय अझै स्पष्ट नभएको टिप्पणी पनि गरिएको बताए।

National Life

आइतबार त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, कीर्तिपुरमा बसेको बैठकमा सचिवालयका ५८ मध्ये २८ जना मात्र उपस्थित थिए। बैठकमा सहभागीहरूले अध्यक्ष दीपक धामीप्रति प्रश्न उठाउँदै पुस्तान्तरण र रूपान्तरणको आवश्यकता जोडदार रूपमा उठाएका थिए। केही सहभागीहरूले “म स्टुडेन्ट लिडर हुँ” भन्ने धारणा लामो समय टिकाउन उपयुक्त नहुने टिप्पणी समेत गरेका थिए।

सचिवालय सदस्यहरू योगेश बम र नितेश लामिछाने बाहेक अधिकांशले पार्टीभित्र पुस्तान्तरण अनिवार्य रहेको धारणा राखेका थिए। अन्यथा संगठन र युवाहरू दुवै प्रभावित हुने चेतावनी पनि दिइएको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

बैठकमा “बोल्न दे सरकार” अभियानअन्तर्गत टाउकोमा कालो पट्टी बाँध्ने प्रस्तावमा भने केही सदस्यहरूले असहमति जनाएका थिए। बैठकले १३ बुँदे ‘टीयू घोषणापत्र’ जारी गर्दै शैक्षिक सुधार, राष्ट्रियता र जनजीविकासम्बन्धी माग अघि सारेको छ। अनेरास्ववियुले आधारभूत तहसम्म शिक्षा पूर्ण निःशुल्क र अनिवार्य बनाउन तथा माध्यमिक तहसम्म निःशुल्क शिक्षा लागू गर्न सरकारलाई आग्रह गरेको छ।

साथै, सार्वजनिक यातायातमा विद्यार्थीले पाउँदै आएको ४५ प्रतिशत छुट प्रभावकारी रूपमा कार्यान्वयन गर्न पनि माग गरिएको छ।

प्रतिकृया