• ४ साउन २०८३, सोमबार
  • ५:०९ बिहान

यस्तो छ आजको मौसम

प्रकाशित मिति

२०८२ चैत्र १९ गते, बिहीबार ०९:३७

१९ चैत,२०८२ काठमाडौं – जल तथा मौसम विज्ञान विभाग ले हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ। हाल कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत अन्य प्रदेशका पहाडी तथा हिमाली भू-भागमा सामान्यदेखि आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा आंशिक बदली रहेको विभागले जनाएको छ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश का पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन तथा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो हिमाली र पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। साथै कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश का हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।

Kamana Sewa

आज राति गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश का हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने अन्य हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। बाँकी पहाडी र तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ।

Classic Tech Desktop

यस अवधिमा विशेषगरी गण्डकी प्रदेश का हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन तथा चट्याङ्गसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

प्रतिकृया