• ४ साउन २०८३, सोमबार
  • १:५९ बिहान

यस्तो छ आजको मौसम पूर्वानुमान

प्रकाशित मिति

२०८२ फाल्गुन १९ गते, मंगलवार ०९:१५

 १९ फाल्गुन,२०८२ काठमाडौं – जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायूको आंशिक प्रभाव रहेको जनाएको छ। विभागका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहेको छ भने देशका बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो तराईका केही स्थानमा बिहानको समयमा हुस्सु लाग्ने सम्भावना रहेको छ। कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहने बताइएको छ। कोशी प्रदेशका पहाडी र हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

Kamana Sewa

आज राति तराईका थोरै स्थानमा तुँवालो लाग्ने सम्भावना छ। साथै, कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य भू–भागमा मौसम मुख्यतया सफा रहने विभागको पूर्वानुमान छ।

Classic Tech Desktop

प्रतिकृया