• ४ साउन २०८३, सोमबार
  • ५:०६ बिहान

हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

प्रकाशित मिति

२०८२ फाल्गुन ३ गते, आईतवार ०८:३६

३ फाल्गुन, २०८२ काठमाडौं – मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। अहिले कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको जनाइएको छ।

आज दिउँसो तराईका केही स्थानमा मध्यान्हसम्म हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा सामान्य बदली रहनेछ भने अन्य प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ।

Kamana Sewa

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ। अन्य प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा पनि हल्का हिमपात हुन सक्ने बताइएको छ।

Classic Tech Desktop

आज राति तराईका थोरै स्थानमा तुवाँलो लाग्नेछ भने कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।

प्रतिकृया