• ४ साउन २०८३, सोमबार
  • १:५२ बिहान

नेपालमा पश्चिमी कमजोर वायुको प्रभाव, तराई र उपत्यकामा तुँवालो

प्रकाशित मिति

२०८२ माघ २७ गते, मंगलवार ०९:२२

 २७ माघ,२०८२ काठमाडौं – जल तथा मौसम विज्ञान विभागले हाल देशभर पश्चिमी कमजोर वायुको प्रभाव रहेको जनाएको छ। यसको असरका कारण तराई क्षेत्र र उपत्यकाहरूमा तुँवालो लागेको छ भने सुदूरपश्चिम र कर्णाली प्रदेशसहित उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बादल लागेको छ।

विभागका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानमा मध्यान्नसम्म हुस्सु–कुहिरो रहनेछ। उच्च पहाडी र हिमाली क्षेत्रमा साधारणतया बादल लाग्नेछ भने अन्य पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।

Kamana Sewa

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

Classic Tech Desktop

आज राति पनि तराईका थोरै स्थानमा तुँवालो रहनेछ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने अनुमान छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च भू–भागमा राति पनि हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना रहेको छ।

प्रतिकृया