• ४ असोज २०८३, आइतबार
  • १२ः१७ राती

रवि लामिछानेः पुराना दललाई इतिहासमा सीमित गर्ने अवसर यही चुनाव

प्रकाशित मिति

२०८२ माघ २६ गते, सोमबार ०४:५२

२६ माघ,२०८२ रुपन्देही — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले मुलुक परिवर्तनका लागि युवाशक्तिको नेतृत्व अपरिहार्य भएको बताएका छन्। रुपन्देही क्षेत्र नं १ अन्तर्गत खैरेनीमा आयोजित चुनावी सभामा उनले अहिलेको चुनावलाई सामान्य प्रक्रिया नभई इतिहास लेख्ने अवसरको रूपमा चित्रण गर्दै अब्बल युवा नेतृत्वले मात्र देशको विकास गर्न सक्ने बताए।

National Life

लामिछानेले विगतमा निर्वाचित जनप्रतिनिधिहरू जनताको अपेक्षा अनुसार काम नगरेको उल्लेख गर्दै नयाँ पुस्ताका उम्मेदवारप्रति मतदातालाई विश्वास गर्न आग्रह गरे। उनले आगामी पाँच वर्ष स्थायी सरकार निर्माण गरी देशलाई राजनीतिक अस्थिरताबाट मुक्त गर्ने प्रतिबद्धता जनाए।

उनले सोही क्षेत्रमा पार्टीका महामन्त्री सुनील लम्साललाई उम्मेदवार बनाइएको जानकारी दिँदै विजयी गराउन कार्यकर्तालाई निर्देशन दिए। लामिछानेले चुनावी अभियानलाई जनअभियानका रूपमा अघि बढाउन पनि आग्रह गरे।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया