• ४ साउन २०८३, सोमबार
  • ७:४३ बेलुका

सोसल मिडिया स्टन्टबाट राजनीति जित्ने प्रयास भइरहेको छ : प्रचण्ड

प्रकाशित मिति

२०८२ माघ २६ गते, सोमबार ०४:४८

२६ माघ,२०८२ काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई कुनै योगदान नगरेकाहरू सोसल मिडियामा स्टन्ट गरेर राजनीति जित्न अग्रसर भइरहेको टिप्पणी गरेका छन्।

सोमबार बिहान काठमाडौं क्षेत्र नम्बर ५ मा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले नेपालमा लोकप्रियतावाद हाबी हुन खोजेको बताए। सोसल मिडियामा गतिविधि देखाएर मात्रै राजनीतिमा स्थापित हुन खोज्ने प्रवृत्ति बढिरहेको उनको भनाइ थियो।

Kamana Sewa

प्रचण्डले विश्वका विभिन्न देशमा साम्राज्यवादी शक्तिहरूले लोकतन्त्र र समाजवादविरुद्ध प्रहार गराउन पपुलिस्ट शक्तिहरूलाई लगानी गर्ने गरेको आरोप पनि लगाए। उनले नेपालमा समेत भूराजनीतिक चलखेलमार्फत हस्तक्षेप गर्ने प्रयास भइरहेको दाबी गरे।

Classic Tech Desktop

प्रतिकृया